नेप्सेमा गिरावट, शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको शेयर बजार आज पनि भारी गिरावट आएको हो ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ३ करोड ९७ लाख ६६ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख ३८ हजार रुपैयाँ, अरुण कोबली पावरको ३ करोड ७९ लाख २९ हजार रुपैयाँ र एनटिसीको ३ करोड ७३ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।
