आर्थिक वर्षको सुरुवातमा शेयर बजारमा झिनो सुधार, ८ उपसूचक राताम्य कारोबार १ अर्ब २३ करोड « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

आर्थिक वर्षको सुरुवातमा शेयर बजारमा झिनो सुधार, ८ उपसूचक राताम्य कारोबार १ अर्ब २३ करोड



काठमाडौ । आर्थिक वर्ष २०७९।०७८को पहिलो कारोबारको दिन शेयर बजारका झिनो सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबारको दिन पनि झिनो सुधार देखिएको शेयर बजारमा सोहि निरन्तर कायम भएको छ ।

नेप्से सुधार देखिए पनि कारोबार भने निरन्तर खुम्चिएको छ । शेयर बजार बढे पनि लगानीकर्ता आजै पनि लगानी गर्ने डराइ रहेको अवस्था छ । गर्भनर महा प्रसाद अधिकारको राजीनामा माग गर्दै विद्यार्थी संकठन आन्दोलनमा जादा गर्भनर परिवर्तन हने डरले समेत शेयर बजारमा कारोबार बढ्न नसकेको आंकलन गरीएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अकंले बढेर २०११.३९ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा सुधार आउदा आज ५ उपसूचकमा हरियाली छाएको छ । आइतबार बैंकिङ समूहको ०.६३ प्रतिशत, ब्यापार समूहको ०.४२ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८६ प्रतिशत, जीवन बीमा समूहको ०.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै, आज होटल तथा पर्यटन समूहको १.२ प्रतिशत, विकास बैंक समूहको ०.०४ प्रतिशत, हाइड्रोपावर समूहको १.१२ प्रतिशत, फाइनान्स समूहको ०.७३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०९ प्रतिशत, अन्य समूहको ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३९ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२१ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्