मौद्रिक नितीको प्रतिक्षामा शेयर बजार, २ अर्ब २९ करोडको कारोबार हुदाँ १३ वटै समूहमा हरियाली « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

मौद्रिक नितीको प्रतिक्षामा शेयर बजार, २ अर्ब २९ करोडको कारोबार हुदाँ १३ वटै समूहमा हरियाली



काठमाडौं । साताको तेस्रो शेयर बजारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा रहेका समस्या समाधान गर्ने आशाले शेयर बजारमा सुधार आइरहेको आंकलन गरीएको छ । बजेटमा शेयर बजार सुधारका लागि कुनै पनि कदम नचालेको भन्दै आन्दोलनमा होमीएका लगानीकर्तालाई मौद्रीक निति मार्फत पूँजी बजार सुधारका कुरा समेट्ने आश्वासनसँगै आन्दोलन फिर्ता लगिएको थियो । राष्ट्र बैंकले अहिले मौद्रीक निति ठिक्क पारेर राखेको बेला शेयर बजारमा लगातार सुधारको अवस्था देखिएको छ ।

कारोबार समेत बिस्तारै बढ्दै अइरहेको देखिएको छ । मौद्रीक नितिमा लगानीकर्ताका माग सम्बोधन हुने विश्वासले लगानीकर्ता लगानी गरि रहेको आंकलन विज्ञहरुको रहेको छ । शेयर बजार अब मौद्रीक निति पछि सुधार अबस्थामा फर्किने आंकलन गरीएको छ ।

मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको थियो ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ । सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ २११ रुपैयाको कारोवार भएको थियो ।

दोहोरो अकंले सुधार आएको शेयर बजारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूहको ०.४६ प्रतिशत, ब्यापार समूहको १.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशत, विकास बैंक समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको ०.६८ प्रतिशत, फाइनान्स समूहको २.७ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२४ प्रतिशत, अन्य समूहको ०.२१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.८५ प्रतिशत, जीवन बीमा समूहको ०.८२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.५३ प्रतिशतले शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्