मौद्रिक नीति सार्वजनिक हुने दिन शेयर बजार ओरालो, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

मौद्रिक नीति सार्वजनिक हुने दिन शेयर बजार ओरालो, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन ६ गते) मौद्रिक नीति सार्वजनिक गर्दै छ । आज मौद्रिक नीति सार्वजनिक हुने दिन भने शेयर बजारमा पहिरो गएको छ । लगानीकर्ताले बजेट मार्फत सम्बोधन हुन नसकेका माग मौद्रिक नीति मार्फत हुने अपेक्षा गरेको भए पनि शेयर बजारमा भने सुधार तिर जान सकेको छैन ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा गिरावट आउदाँ शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर २१ करोड २ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ६ करोड ८० लाख ४ हजार रुपैयाँ, गोर्खास फाइनान्सको ४ करोड ९५ लाख ८ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ३ करोड ८३ लाख ८ हजार रुपैयाँ र अरुण काबेली पावरको ३ करोड ४२ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्