शुक्रबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार ओरालो लागेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७९ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से ओरालो लाग्दा किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ८.४१ प्रतिशतले बढेको हो । साथै, गणपति लघुवित्तको ६.०७ प्रतिशत, नयाँ सारथी लघुवित्तको ४.०१ प्रतिशत, सेन्ट्रल फाइनान्सको २.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २.४७ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट रहेको छ । कम्पनीको शेयर ५.७९ प्रतिशतले ओरालो लागेको हो । साथै, रुर जलविद्युत प्रयोजनाको ४.७३ प्रतिशत, सूर्यादय ओमी लघुवित्तको ४.५६ प्रतिशत, सिभिल लघुवित्तको ४.२६ प्रतिशत र हिमालयन उर्जा विकासको ४.०५ प्रतिशतले शेयर घटृेको हो ।
