मौद्रिक नीतिको मुख मै शेयर बजारमा पहिरो, साढे १ अर्बमा कारोबार खुम्चिदा सबै उपसूचक राताम्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति ल्याएपछि लगानीकर्ता समस्या समाधान गर्ने हुने आशामा लगानी कर्ता कुरी रहेका छन् । आज बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने केही समय बाँकी रहदाँ आज शेयर बजारमा भने पहिरो गएको छ । आर्थिक वर्ष २०७९।०८० को बजेट मार्फत सम्बोधन हुन नसकेका लगानीकर्तामा माग मौद्रिक नीति मार्फत सम्बोधन गर्ने सरकारी पक्षले आश्वासन दिदै आइरहेको थियो । लगानीकर्ताले बजेट मार्फत सम्बोधन हुन नसकेका माग मौद्रिक नीति मार्फत हुने अपेक्षा गरेको भए पनि शेयर बजारमा भने सुधार तिर जान सकेको छैन ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा ओरालो लाग्दा आज सबै सूचक राताम्य भएका छन् । शुक्रबार बैंकिङ समूहको १.१ प्रतिशत, ब्यापार समूहको २.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१३ प्रतिशत, विकास बैंक समूहको २.०१ प्रतिशत, हाइड्रोपावर समूहको १.५३ प्रतिशत, फाइनान्स समूहको १.६८ प्तिशत, निर्जीवन बीमा समूहको ०.४ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २ं.१४ प्रतिशत, अन्य समूहको २.१४ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.०८ प्रतिशत, जीवन बीमा समूहको १.१३ प्रतिशत, म्युचुअल फण्ड समूहको १.१७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.२९ प्रतिशतले शेयर मूल्य घटेको हो ।