मौद्रिक नीति पछिको पहिलो कारोबार दिन शेयर बजारमा छलाङ, सर्वाधिक कारोबार हुने यी कम्पनी « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

मौद्रिक नीति पछिको पहिलो कारोबार दिन शेयर बजारमा छलाङ, सर्वाधिक कारोबार हुने यी कम्पनी



काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ । बजेट मार्फत लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै निराश भएका लगानीकर्ता मौद्रिक नीति पछि उत्साहित भएका छन् ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आकर्षक सुधार देखिदा आज शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३९ करोड ७१ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड ८२ लाख ९३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड २१ लाख ८१ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ६ करोड २१ लाख ८१ हजार रुपैयाँ र अरुण काबेली पावरको ६ करोड १४ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्