आइतबार यी कम्पनीका लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । मौद्रिक नीतिको पछिको पहिलो कारोबारको दिन शेयर बजार आकाशिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा कारोबार समेत २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको भएको छ ।
नेप्सेमा आकर्षक सुधार आउँदा आज ५ कम्पनीको शेयरमा सर्किट लागेको छ । आइतबार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स, स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज १२ कम्पनीको शेयर मात्र गुमेको छ । सर्वाधिक गुमाउने कम्पनीमा एनएमबि डिबेञ्चर रहेको छ । कम्पनीको शेयर १.५२ प्रतिशतले घटेको हो । साथै, ग्लोबल आइएमई डिबेञ्चरको १.०६ प्रतिशत, एनआइसि एशिया ग्रोथ फण्डको ०.७२ प्रतिशत र मेगा म्युचुअल फण्ड १ को ०.६२ प्रतिशतले शेयर घटेको हो ।
