मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, २ अर्ब ७३ करोडको कारोबार हुदाँ सबै उपसूचक हरियाली « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

मौद्रिक नीतिपछि लगानीकर्ता उत्साहित, २ अर्ब ७३ करोडको कारोबार हुदाँ सबै उपसूचक हरियाली



काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ । बजेट मार्फत लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै निराश भएका लगानीकर्ता मौद्रिक नीति पछि उत्साहित भएका छन् ।

केही महिना यता अधिकांश दिन निरन्तर घटेको शेयर बजार अब भने सुधार हुदै जाने आंकलन विज्ञहरुले गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को बजेट मार्फत लगानीकर्ताले उठाउदै आएका माग सम्बोधन नभएको भन्दै निराश भएका लगानीकर्ता अब मौद्रिक नीति मार्फत आफ्नो उद्दार भएको अनुभव गरी रहेका छन् । निरन्तर खुम्चि रहेको कारोबार आजै केही सुधार देखिएको हो तर यहि कारोबार भने खासै उत्साहजनक मान्न भने सकिदैन । शेयर बजारमा केही महिना अगाडि मात्र ९ अर्ब भन्दा माथिको कारोबार हुने गर्थो ।

गर्भनर माहा प्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।८० को बजेट सबैका लागि पायक पर्दा ल्याएको भन्दै चर्चो भइरहेको छ । आर्थिक संकट जान लागेको देशलाई उक्त मौद्रिक नीतिले ठूलो सहयोग गरेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२६ अकंले घटेर २०१७.४६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सुधार आउँदा आज सबैं उपसूचक हरियाली भएका छन् । आइतबार बैंकिङ समूहको १.६७ प्रतिशत, ब्याापार समूहको ४.४४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ५.१ प्रतिशत, हाइड्रोपावर समूहको ३.६८ प्रतिशत, फाइनान्स समूहको ७.२२ प्रतिशत, निर्जीवन बीमा समूहको १.४५ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.९४ प्रतिशत, अन्य समूहको ६.९३ प्तिशत, माइक्रोफाइनान्स समूहको ३.९१ प्रतिशत, जीवन बीमा समूहको २.१६ प्रतिशत, म्युचुअल फण्ड समूहको १.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३ं२१ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्