१० कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

१० कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । शेयर बजारमा आज पनि उकालो लागेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा आकर्षक सुधार आउँदा कारोबार ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँ भएको छ ।

आज नेप्से आकाशिदा १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलमपेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सूर्यादय ओमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, यूनाइटेड मोदी हाइड्रोपावर, मानुषि लघुवित्त,बलेफी हाइड्रोपावर, समृद्धि फाइनान्स, गोर्खास फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरका सर्किट लागेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा मन्जु श्री फाइनान्स डिबेञ्चरको रहेको छ । कम्पनीको आज ५.८७ प्रतिशतले शेयर घटेको हो । साथै, केबिएल डिबेञ्चरको ३.९० प्रतिशत, सिभिल बैंक डिबेञ्चरको २.१८ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.०७ प्रतिशत र लक्ष्मी उन्नती कोषको २ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्