मौद्रिक नीति यताका २ दिन शेयर बजार छलाङ, कारोबार ४ अर्बमाथि जाँदा सबै सूचक हरियाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसयता भएका २ कारोबारको दिन नै शेयर बजारमा सुधार आएको हो । साताको दोस्रो दिन पनि आज शेयर बजार आकाशिएको हो । बजेट मार्फत लगानीकर्तामा माग पुरा नभएको भन्दै आन्दोलित तथा लगानी गर्ने डराइ रहेकाहरुलाई अहिले राहत मिलेको छ ।
नेप्से उकालो लागेसँगै कारोबार पनि बढेको छ । केही महिना यता निरन्तर १ अर्ब मा खुम्चिएको कारोबार मौद्रिक नीति सार्वजनिक पछि भने सुधार आएको छ । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति मार्फत उत्साहित भएका लगानीकर्ताले गर्दा अब भने शेयर बजार उकालो लाग्ने आंकलन विज्ञहरुले गरेका छन् ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा आकर्षक सुधार आउँदा सबै उपसूचकमा हरियाली छाएको छ । सोमबार बैंकिङ समूहको १.५५ प्रतिशत, ब्यापार समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन .समूहका २.७३ प्रतिशत, विकास बैंक समूहको ५.८४ प्रतिशत, हाइड्रोपावर समूहको ४.५ प्रतिशत, फाइनान्स समूहको ७.९ प्रतिशत, निर्जीवन बीमा समूहको १.५३ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ३.२२ प्रतिशत, अन्य समूहको ०.९ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.९९ प्रतिशत, जीवन बीमा समूहको २.१५ प्तिशत, म्युचुअल फण्ड समूहको ०.६८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.५९ प्रतिशतले शेयर मूल्य बढेको हो ।