शेयर बजारमा भारी गिरावट, लगानीकर्ता निराश हुदाँ कारोबार खुम्चियो उपसूचकमा पहिरो

काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरेपछिका २ कारोबारको दिन निरन्तर छलाङ हानेको शेयर बजारले तेस्रो कारोबारको दिनसम्म राताम्य भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर माहाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।०८० को मोद्रिक नीति सार्वजनिक गरे पछिको २ कारोबारको दिन उचालिएको शेयर बजार फेरी तेस्रो कारोबारको दिन ओरालो लागेको हो ।
आर्थिक वर्ष २०७९।०८० को बजेट मार्फत पूँजी बजार सुधार सम्बन्धी खासै कुरा नसमेटिएको भन्दैं आन्दोलित लगानीकर्ता मौद्रिक नीति पछि सुधारको आशामा बसेका थिए । तर मौद्रिक नीतिले २ दिन मात्र शेयर बजार हरियाली बनाएसँगै फेरी राताम्य भएको छ । संघीय तहको निर्वाचन नजिकिदै गर्दा पैसाका चलखेल हुने हुदाँ समेत शेयर बजार राताम्य भएको आंकलन गरीएको छ ।
सत्ता पक्षका प्रमुख तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले सार्वजनिक कार्यक्रममा मै अबको संघका चुनावमा संसद बन्न करिब ५० करोडसम्मको चुनाव खर्च हुने अभिब्यक्ति दिएसँगै चुनावको कुराले समेत शेयर बजारमा केही नकारात्मक प्रभाव परेको विज्ञहरुको भनाइ छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा आज सबै उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको १.७९ प्रतिशत, ब्यापार समूहको २.३९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशत, विकास बैंक समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको १.९४ प्रतिशत, फाइनान्स समूहको २.७७ प्रतिशत, निर्जीवन बीमा समूहको १.२४ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.७३ प्रतिशत, अन्य समूहको ३.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.२८ प्रतिशत, जीवन बीमा समूहको १.३३ प्रतिशत, म्युचुअल फण्ड समूहको १.२३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.५६ प्रतिशतले शेयर मूल्य घटेको हो ।