खुम्चिएको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । मौद्रिक निति पछि लगातार बढेको सेयर बजारमा आज ब्रेक लागेको छ । साताको तेस्रो दिन आज शेयर बजार भारी अंकले गिरावट भएको छ । २ दिन यता बढेको सेयर बजार आज ओरालो लागेको छ । नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट भएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अंकले घटेर २०८८ अंकमा झरेको छ । सोमबार भने नेप्से ५४.५ अंकले बढेर २९३२.९६ पुगेको थियो । पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँको कारोबार भएको छ ।
नेप्से भारी अंकले घट्दा मल्टी प्रपोस फाइनान्स कम्पनी ९.३२, सुर्यादय वामी लघुवित्तको ६.७२प्रतिशत, युनाईटड मोदी हाईडो ६.१९प्रतिशत, समृद्धि फाइनान्स ३.२३ प्रतिशत, बलेफी हाईडो ३.१५ प्रतिशत, हिमालयन डिस्टलरी २.९९ प्रतिशत, सामलिङ पावर कम्पनी २.५८ प्रतिशत, गुरास फाईनान्स २.३५ प्रतिशतको शेयर बढेको छ

सर्वाधीक नेप्से गुमाउने कम्पनी गनपति लघुवित्त ६.८२ प्रतिशत, रिभर फल्स ५.९९ प्रतिशत, सबैको लघुवित्त ५.१३ प्रतिशत र पोखरा फाइनान्सको ५.१० प्रतिशतले शेयर घटेको हो ।
