धितोपत्र बोर्डको नीति तथा कार्यक्रम साउन १२ गते आउने, नयाँ स्टकको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम साउन १२ गते सार्वजनिक गर्ने भएको छ ।बोर्डले हिमालयन होटल कुपण्डोल काठमाडौंमा एक समारोहका बीच नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको हो ।
बोर्डले हरेक वर्ष पूँजीबजारको विकास र विस्तारका लागि आवश्यक नीति तथा कार्यक्रम बनाएरै अघि बढ्दै आएको छ । यस वर्ष पनि बोर्डले संस्थागत कुरामा विकास गर्ने, वित्तीय साक्षरता, ब्रोकर लाइसेन्स, यो वर्षका लागि केही प्रोडक्टहरु लन्ज गर्ने, बोर्डको आफ्नै भवन निर्माण, जस्ता कुरा नीति तथा कार्यक्रममा समावेश भएका छन् ।
बोर्डले नयाँ स्टक एक्सचेञ्जको स्थापना, हकप्रद शेयरको हिस्सा दोस्रो बजारमा खरीदविक्री गर्न पाउने व्यवस्था लगायतका विषय नीति तथा कार्यक्रममा अथावत राखेको जनाएको छ ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा रमेश हमाल आइसकेपछि नयाँ स्टक एक्चेन्ज ल्याउने तयारी भएको छ । नयाँ स्टकको लाइसेन्स चाहने पक्षलेनै हमाललाई बोर्डमा लगेको चर्चा छ ।