नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्