सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन पहिरो गएको शेयर बजारमा चौथो कारोबारको दिन भने सुधार देखिएको छ । आज उताप चडापकाबीच शेयर बजार सुधार आएको हो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार आउदाँ आज शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १७ करोड ९४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण काबेली पावरको १२ करोड ३५ लाख ४३ हजार रुपैयाँ, गोर्खास फाइनान्सको ८ करोड ९२ लाख २१ हजार रुपैयाँ, नेष्डो समृद्धि फाइनान्सको ८ करोड ४८ लाख ४१ हजार रुपैयाँ र युनिर्भसल पावरको ८ करोड ४१ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।
