नेप्से २३.८३ अकंले लाग्यो उकालो, १२ उपसूचकमा हरियाली हुदाँ कारोबार ३ अर्ब माथि

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार देखिएका छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसयताको २ कारोबारेको दिन शेयर बजारमा उचालिएको थियो । तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा चौथो दिनसम्म आइपुग्दा फेरी सुधार देखा परेको हो ।
शेयर बजारमा लगानीकर्ता लगानी गर्ने अझै पनि डराइ रहेको अवस्था छ । बजार देशको अर्थतन्त्र श्रिलङ्काको मोडमा गइरहेको चर्ची भइरहदाँ शेयर बजारमा केही नकारात्मक सूचक देखा परेको आंकलन विज्ञहरुले गरेका छन् । मौद्रिक नीति पछि शेयर बजार सुधारको आशामा रहेका लगानीकर्ता २ दिन उचालिएको शेयर बजारले खुसी भएक हुन । फेरी मौद्रिक नीतिको तेस्रो दिन गिरावट आएको शेयर बजारमा चौथो दिन भने सुधार आएको छ ।
२ दिन उच्च अकंले शेयर बजार बढेको हुदाँ तेस्रो दिन शेयर बजार घटेको र अब खासै शेयर बजार नकारात्मक तिर नजाने एक जना लगानीकर्ता विज्ञले बताए । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार आउँदा आज १२ उपसूचकमा हरियाली छाएको छ । बुधबार बैंकिङ समूहको ०.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.४९ प्रतिशत, हाइड्रोपावर समूहको २.९६ प्रतिशत, फाइनान्स समूहको ४.१३ प्रतिशत, निर्जीवन बीमासमूहको ०.५३ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.३७ प्रतिशत, अन्य समूहको २.५ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.२७ प्रतिशत, जीवन बीमा समूहको ०.३५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.०२ प्रतिशतले शेयर मूल्य बढेको हो । आज ब्यापार समूहको ०.५८ प्रतिशतले शेयरमूल्य घटेको हो ।