उताप-चडावकाबीच शेयर बजारमा सुधार, झण्डै ५ अर्बको कारोबार हुदाँ १० उपसूचकमा हरियाली « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

उताप-चडावकाबीच शेयर बजारमा सुधार, झण्डै ५ अर्बको कारोबार हुदाँ १० उपसूचकमा हरियाली



काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा सुधार आएको आएको छ । यो साताको तेस्रो कारोबारको दिन मात्र भारी गिरावट आएको शेयर बजारमा ४ कारोबारको दिन भने सुधार नै देखिएको छ ।

शेयर बजारमा साताको पहिला २ कारोबारको दिन उच्च सुधार हुदाँ तेस्रो कारोबारको दिन केही अंकले ओरालो लागेको आंकलन शेयर विज्ञहरुले गरेका छन् । उनीहरुका अनुसार अब शेयर बजारमा खासै गिरावट देखा नपर्ने बताउछन् । शेयर बजारमा नेप्सेमा सुधार आउँदा कारोबार समेत ओकालो लागि रहेको छ । केही साता अगाडि १ अर्बमा सिमित हुने कारोबार आज भने ५ अर्ब रुपैयाँ पुग्न सफल भएको हो ।

बुधबार आकर्षक सुधार आएको शेयर बजारमा आज भने १५ अकंले उकालो लागेको हो । यो साताको सुरुको २ दिन छलाङ आएको भए पनि त्यसता १ दिन भारी गिरावट आएको थियो । पछिल्लो २ दिनमा भने सुधार तिर नै शेयर बजार धकलिएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउँला आज १० कम्पनीको शेयर मूल्यमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.०९ प्रतिशत, ब्यापार समूहको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१३ प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत, हाइड्रोपावर समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको ३.२७ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४६ प्रतिशत, जीवन बीमा समूहको ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २ प्रतिशतले शेयर मुल्य बढेको हो । त्यस्तै, आज निर्जीवन बीमा समूहको ०.०३ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५२ प्रतिशत र अन्य समूहको ०.२ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्