शेयर बजारमा उछाल, साँढे ४ अर्ब भन्दा माथि कारोबार हुँदा १२ उपसूचकमा हरियाली « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

शेयर बजारमा उछाल, साँढे ४ अर्ब भन्दा माथि कारोबार हुँदा १२ उपसूचकमा हरियाली



काठमाडौं । अघिल्लो साताको अन्तिम कारोबार दिन झिनो सुधार भएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबार दिन भने आर्कषक सुधार आएको हो । मौद्रिक नीति यता शेयर बजारमा आकर्षक सुधार आइरहेको छ ।

आर्थिक वर्ष २०७९।०८० को बजेट मार्फत सम्बोधन हुन नसकेका लगानीकर्ताका माग मौद्रिक नीतिले सम्बोधन गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । शेयर बजारमा लगानीकर्तामा आकर्षक हुदै गइरहेको पाइएको छ । केहि महिना यता निराशमा बसेको लगानीकर्ता केही दिन यता सक्रिय भएका छन् । करिब ३० लाखसम्म कित्ता किनबेच हुने शेयर बजारमा आजभोलि भने १ करोड कित्ता किनबेच हुनुका साथै कारोबार समेत ४ अर्ब भन्द माथि लम्कि रहेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा आकर्षक सुधार आउँदा १२ उपसमूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहको २.९२ प्रतिशत, ब्यापार समूहको ३.६२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.८ प्रतिशत, निर्जीवन बीमा समूहको ४.५१ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.८३ प्रतिशत, अन्य समूहको ३.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१ प्रतिशत, जीवन बीमा समूहको ४.१६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ४.७६ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै फाइनान्स समूहको भने शेयर मूल्य १.६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्