प्रिमियममा आईपीओ निष्कासनको अनुमति माग्दै घोराही सिमेन्टले दियो बोर्डमा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियममा आइपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख बराबरको आईपीओ निष्कासन बार्डमा आवेदन दिएको हो ।
कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा दिएको हो । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर स्थानीय बासिन्दाको लागि र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ ।
शेयरको विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीयको लागि प्रतिकित्ता ४०० र सर्वसाधारणको लागि प्रतिकित्ता ४३५ मा आईपीओ निष्कासन गर्नेछ ।