४ अर्ब ६७ करोडको कारोबार हुदाँ यी कम्पनीको भयो आज सर्वाधिक

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो कारोबारेको दिन छलाङ हानेको शेयर बजारले आज भने झिनो सुधार आएको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सामान्य सुधार आउँदा शिवम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ३१ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड २७ लाख ७३ हजार रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्टको १३ करोड ७६ लाख ७० हजार रुपैयाँ,अपी पावरको १२ करोड ९१ लाख ८९ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
