शेयर बजारमा झिनो सुधार, कारोबार आकाशिदैं ८ उपसूचक भने राताम्य « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

शेयर बजारमा झिनो सुधार, कारोबार आकाशिदैं ८ उपसूचक भने राताम्य



काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो कारोबारेको दिन छलाङ हानेको शेयर बजारले आज भने झिनो सुधार आएको हो । अघिल्लो साता शेयर बजारमा आकर्षक नै सुधार भएकोमा यो साता पनि सुधार तर्फ नै शेयर बजार लम्कि रहेको छ । हिजो शेयर बजारमा छलाङ आएसँगै आज सामान्य सुधार आएको हो । शेयर बजार मौद्रिक नीति यता निकै सुधार तर्फ तिर जाँदा लगानीकर्ता पनि उत्साहित भएको छ ।

केही दिन यता शेयर बजारमा १ करोड कित्ता किनबेच भइरहेको छ । मौद्रिक नीति पहिला १ अर्बमा खुम्चिने शेयर बजार आजभोलि ४ अर्बल भन्दा माथि उक्लिरहेको छ । बिस्तारै शेयर बजारमा आकर्षक सुधार हुदै जाने लगानीकर्ता तथा शेयर विज्ञहरुको आंकलन रहेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा सामान्य सुधार आउँदा ८ उपसूचक भने ओरालो लागेको छन् । सोमबार होटल तथा पर्यटन समूहको २ प्रतिशत, विकास बैंक समूहको १.४५ प्रतिशत, फाइनान्स समूहको ०.१ प्रतिशत, निर्जीवन बीमा समुहको ०.२३ प्रतिशत, अन्य समूहको ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१८ प्रतिशत, जीवन बीमा समूहको ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३९ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्