स्वाभिमान लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

स्वाभिमान लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सामान्य सुधार आउँदा स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.२१ प्रतिशतले शेयर घटेको हो । त्यस्तै, स्टान्डर चार्टर्ड बैंकको ४ं७१ प्रतिशत, सूर्यादय ओमी लघुवित्तको ४.०९ प्रतिशत, कृषि बैंक डिबेञ्चरको ३.९६ प्रतिशत र वीन नेपाल लघुवित्तको ३.७८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्