हिमाल दोलखा हाइड्रोपावरले नेप्सेलाई स्पष्टिकरण दिएसँगै शेयर कारोबार फुकुवा « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

हिमाल दोलखा हाइड्रोपावरले नेप्सेलाई स्पष्टिकरण दिएसँगै शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले स्पष्टिकरण बुझाएसँगै शेयर कारोबार फुकुवा भएको छ ।

कम्पनीले कारोबार समय बैठक बस्नु कमजोरी भएको भन्दै अब आईन्दा त्यस्ता कमजोरी नगर्ने गरी क्षमा याचनासहितको पत्र नेप्सेमा पेश गरेको छ । यस्तै, कम्पनीले बुकक्लोज मिति तोकी सोको जानकारी नेप्सेमा समयमै दिन नसक्नुमा लेखाईमा त्रुटी भएको जनाएको छ ।

नेप्सेले कम्पनीलाई पुनः बुक क्लोज मिति तोकी पठाउन निर्देशन दिएको छ । शुक्रवार कारोबार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्