लक्ष्मी क्यापिटलको दुई फण्डले गर्यो लाभांश प्रस्ताव « Arthapath.com
१ असार २०८२, आईतबार

लक्ष्मी क्यापिटलको दुई फण्डले गर्यो लाभांश प्रस्ताव



काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित २ फण्डले लाभांश प्रस्ताव गरेको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको साउन १६ गते बसेको संचालक समितिको ७५औं बैठकले ्आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सम्बन्धित इकाईधनीहरुलाई ५–५ प्रतिशत दरका नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

अब उक्त लाभांश कम्पनीको आगाामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र इकाईधनीहरुमा वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्