झिनो अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१ असार २०८२, आईतबार

झिनो अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो दिन झिनो सुधार भएको शेयर बजार आज झिनो अकंले ओरालो लागेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अकंले बढेर २१९६.२५ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा झिनो गिरावट आउँदा शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ९ करोड ९५ लाख ४३ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघवित्तको ९ करोड २४ लाख ७३ हजार रुपैयाँ, गुडवइन फाइनान्सको ९ करोड ४ लाख ३० हजार रुपैयाँ र यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ७ करोड ६० लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्