बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथो कारोबारको दिन दिन पनि शेयर बजार ओरालो लागेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको हो । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले ओरालो लाग्दा ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको हो ।
नेप्से ओरालो लागेसँगै आज स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ३.९२ प्रतिशतले घटेको हो । साथै, गुडवइल फाइनान्स ३.४३ प्रतिशत, बोट्लस नेपालको ३.३८ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको २.९६ प्रतिशत र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशतले शेयर घटेको हो ।
