शेयर बजारमा पहिरो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्सेमा पहिरो गएको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको साताको छलाङ आएको शेयर बजारमा त्यस यताको २ सातामा शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । आज पनि शेयर बजारमा पहिरो गएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले बन्द भएर २०६०.७३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.६७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा पहिरो गएपनि आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १५ करोड १० लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, सिवम् सिमेन्टको १३ करोड ८ लाख ७८ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १० करोड ७८ लाख ४९ हजार रुपैयाँ, नबिल बैंकको १० करोड ४२ लाख ९ हजार रुपैयाँ र नेपाल टेलिकमको ७ करोड ७८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।
