नेप्सेमा भारी गिरावट, २ अर्ब ८१ करोडमा कारोबार खुम्चियो १३ समूह राताम्य (अब शेयर बजार कता) « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

नेप्सेमा भारी गिरावट, २ अर्ब ८१ करोडमा कारोबार खुम्चियो १३ समूह राताम्य (अब शेयर बजार कता)



काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए पछिको एक साता निरन्तर छलाङ आएको शेयर बजार त्यस यताका २ साताको भने शेयर बजारमा पहिरो गएको छ । शेयर बजारमा नेपाल राष्ट्र बैंकले आर्थिक वष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै उत्साह थपिएको थियो उक्त उत्साहक एक साता पनि नटिकी शेयर बजार ओरालो लागेको छ ।

गत साता बैंकहरुमा निक्षेप ओरालो लाग्दा शेयर बजार समेत त्यसले प्रभाव पारेको आंकलन गरेको छ । आर्थिक वर्षको सुरुवात देखि नै ओरालो लागेको निक्षेपमा साउन २० गतेसम्म आइपुग्दा समेत सुधार आउन सकेको छैन । शेयर बजारमा लगानीकर्ता निराश भएसँगै कारोबार समेत खुम्चिदैं गइरहेको अवस्था छ । शेयर बजार निरन्तर ओरालो लाग्दा अब शेयर बजार पहिले कै दिसा तिर त लम्कि रहेको छैन भन्ने आकंलन गर्ने थालिएको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समिक्षा पछि ओरालो लागेको शेयर बजार चालु आर्थिक वर्षको मौद्रिक नीतिले सुधार तिर लैजाने अपेक्षा लगानीकर्ताहरको रहेको थियो । शेयर बजार नयाँ मौद्रिक नीतिको १ साता निरन्तर छलाङ आएको भए पनि अहिले भने ओरालो लागेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले बन्द भएर २०६०.७३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.६७ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको २.३ प्रतिशत, ब्यापार समूहको ३.१८ प्रतिशत, होटल तथा पर्र्यटन समूहको १.२२ प्रतिशत, विकास बैंक समूहको ३.२८ प्रतिशत, हाइड्रोपावरको ३.०६ प्रतिशत, फाइनान्स समूहको ३.३७ प्रतिश र निर्जीवन बीमा समूहको १.४७ प्रतिशत र म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्