सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२ असार २०८२, सोमबार

सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अकंले घटेर २०१०.०१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको थियो ।

नेप्सेमा सुधार आएको भए पनि रिदी पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, गुराँस लघुवित्तको २.७० प्रतिशत, शिवम् सिमेन्टको २.१२ प्रतिशत, एनआईसी डिबेञ्चरको १.६० प्रतिशत र एसबिआइ डिबेञ्चरको १.२० प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्