नेप्सेमा गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिने शेयर बजारम ागिरावट आएको छ । यो साता भिनो अकंले बढ्ने तथा घट्ने भइरहेको शेयर बजारमा बिहिबार भने ओरालो लागेको हो ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.५४ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा पूँजी बजारमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँको कारोबार भएको हो ।
नेप्से ओराला लाग्दा हिमाल दोलाखा हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको हो । कम्पनीको आज ११ करोड २४ लाख ६५ हजार रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ४१ लाख २८ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख व्४० हजार रुपैयाँ र अरुण काबेली पावरको ७ करोड २८ लाख ६१ हजार रुपैयाँको कराोबार भएको हो ।
