हकप्रद शेयर ल्याउन नेसनल हाइड्रोपावरको साधारण सभा बस्दै « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

हकप्रद शेयर ल्याउन नेसनल हाइड्रोपावरको साधारण सभा बस्दै



काठमाडौं । आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा बस्दैंछ । गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेअनुसार आज विशेष साधारण सभा बस्न लागेको हो ।


सभा काठमाडौंको बालुवाटारस्थित डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।


सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरिसकेको छ । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्