यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज आएर झिनो सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको हो ।
आज नेप्से सामान्य सुधार आएपनि रुरु जलविद्युत प्रयोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.७० प्रतिशतले घटेको हो । साथै, एनएमबि हाइब्रिट फण्डको ३.७३ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.६९ प्रतिशत, नबिल ब्यालेचड फण्डको ३.०२ प्रतिशत र सामुदायिक लघुवित्तको २.४७ प्रतिशतले घटेको हो ।
