नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजारमा पहिरो गएको छ । शेयर बजारमा केही दिन यता नकारात्मक सूचक देखा परी रहेका छन् । शेयर बजारमा निरन्तर ओरालो लाग्दा कारोबार पनि खुम्चि रहेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से ओरालो लाग्दा नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको १० करोड ७४ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

सार्थ, रिडी पावरको ६ करोड ४० लाख २४ हजार रुपैयाँ, राप्ती हाइड्रोको ३ करोड २७ लाख ८९ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख २९ हजार रुपैयाँ र शिवम सिमेन्टको ३ करोड ६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्