झिनो अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

झिनो अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचो कारोबारको दिन समेत शेयर बजारमा सुधार आउन सकेको छ । शेयर बजार आर्थिक वर्ष सुरु भएसँगै माथि उक्लिन सकेको छैन । शेयर बजारमा खासै सुधार नआउन लागनीकर्ताहरु लगानी गर्ने डराइ रहेको अवस्था छ र कारोबार रकम पनि निरन्तर खुम्चि रहेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से झिनो अकंले ओरालो लाग्दा नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १२ करोड २७ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, हिमालयन एभेरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ mलाख ५४ हजार रुपैयाम्, नेष्डो समृद्ध लघुवित्तको ४ करोगड ८८ लाख ६५ हजार रुपैयाँ, रिडी पावरको ४ करोठ १६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्