१० म्युचुअल फण्डको लाभांशः तीन वटाको २० प्रतिशत बढी, अन्य कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत भएका छन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दो छ । गत बर्ष शेयर बजार उल्लेख्य बढेपछि म्युचुअल फण्डका लगानीकर्ताले पनि मनग्य लाभांश प्राप्त गरेका छन् । गत आर्थिक बर्ष २०७८–७९ मा १० वटा म्युचुअल फण्डले मात्रै इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् ।
म्युचुअल फण्डहरुले आफ्ना इकाइधनीहरुलाई दशैं अगाडि नै प्रतिफल खुवाउने तयारीकाले लाभांश घोषण गरेका छन् । हालसम्म बैंक र लघुवित्त कम्पनी कुनैले पनि लाभांश घोषणा गरेका छैन भने ३ बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेको छ । अब लाभांश सिजन सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाको लाभांश दिन क्षमता बलियो भएका कारणले शेयरधनी मालमाल हुने देखिन्छन् । कम्पनीको लाभांशमा सुधार आएसँगै शेयर बजार पनि उचालिने आंकलन गरीएको छ ।
गत आर्थिक वर्ष २०७८।०७९ का लागि हालसम्म लाभांश घोषणा गरेका १० म्युचुअल फण्डहरु मध्ये सबैभन्दा बढी सानिमा इक्विटी फण्ड रहेको छ । फण्डले आफ्ना इकाइधनीलाई २२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
साथै, एनएमबि फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ ले समान २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेका हुन । त्यस्तै, सनराइज फस्र्ट म्युचुअल फण्डले १२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले १० प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र एनआइबिएल सहभागि फण्ड ७.२० प्रतिशत लाभांश दिएको हो ।
त्यस्तै, अहिलेसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डमा सबै भन्दा कम एनआइबिएल प्रगति फण्डले गरेको छ । फण्डले ४.२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले ५।५ प्रतिशत लाभांश दिएका छन् ।
