माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ जारी गर्न बोलायो एजीएम

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ९ गते बिहान ११ बजे धुम्बराहीको अका स्थित नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाबाट आईपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी गराएको छ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सानसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।