सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात असोज २८ गते बुक क्लोज गर्दैछ । यसका आधारमा आजसम्म कायम सेयरधनीले लाभांश लिन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले गत आवमो वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश वितरणका लागि सिटिजन्स बैंकले आउँदो कात्तिक ४ गते साधारण सभा डोकेको छ । सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा वैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस्