नेप्सेमा एक कम्पनीको १४.५० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको १४.५० प्रतिशत बराबरको ३६ लाख ८२ हजार ७६१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस र ०.७६ प्रतिशत नगद लाभांश गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
