मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको तेस्रो दिन आएर पनि शेयर बजारमा सुधार आउन सकेको छैन । साताको पहिलो दिन सामान्य सुधार आएको शेयर बजारमा त्यस यताका २ दिन भने ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । मंगलबार पूँजी बजारमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन । कम्पनीको शेयर ८.१७ प्रतिशतले बढेको हो । साथै, सिटिजन म्युचुअल फण्ड १ को ६.१२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५.८६ प्रतिशत र हिमालयन बैंकको ४.१५ प्रतिशतले बढेको हो ।

त्यस्तैं मंगलबार एनएमबि बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन। कम्पनीको शेयर ६.०७ प्रतिशतले घटेको हो । साथै,एनएमबि ५० को ३.८५ प्रतिशत, आइसिएफसि फाइनान्स डिबेञ्चरको ३.३२ प्रतिशत र एनएमबि हाइब्ट्री फण्डको ३.२८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्