नेप्से अझै राताम्य, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्से अझै राताम्य, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको सुरुवात मै शेयर बजारमा राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन पनि दोहोरो अकंले घटेको शेयर बजार यो साताको पनि सुरुवात मै ओरालो लागेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको थियो ।

आइतबार शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, नबिल बैंकको ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ५ लाख २ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ९२ लाख ४८ हजार रुपैयाँ र रिडी पावरको ३ करोड २० लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्