एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौ. । शेयर बजार दोहोरो अकंले ओरालो लागेकोछ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४८ अकंले घटेर १८८२.६० बिन्दुमा बन्द भएको छ ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।
पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता २७ रुपैयाँले बढेको हो ।
साथै, नबिल ब्यालेसड् फण्ड २ को ७.२३ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ५.६५ प्रतिशत, शिवम सिमेन्टको ४.७६ प्रतिशतले श्यर घटेको हो ।
