नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार एनसीसी बैंक लिमिटेडको शेयर सूचीकृत भएको हो ।
कम्पनीको ३.३६६३ प्रतिशत बराबरको ३७ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३.३६६३ प्रतिशत बोनस र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।