नेपाल टेलिकम सहित १० कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल टेलिकम सहित १० कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर झिनो अकंले ओरालो लागेको छ । बुधबार ५ अकं घटेको शेयर बजार बिहिबार ०.०५ अकंले ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १४ करोड ९९ लाख ५० हजार रुपैयाँको कारेबार भएको हो ।

एनआइसी एशिया बैंकको ५ करोड ६९ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३१ लाख रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ८१ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्