नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । शुक्रबार नेपाल हाइड्रो डेभलपर्सको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य नेप्स समायोजन भएको हो ।
कम्पनीको बोनस शेयरपछिको समायोजित मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ १० पैसा निर्धारण भएको छ । अब दोस्रो बजार खुल्दा सोही मूल्यलाई आधार मानेर कारोबार हुनेछ ।