अर्थमन्त्री विष्णु पौडेल बन्ने भएपछि उचालियो शेयर बजार

काठमाडौँ । नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने भए पछि शेयर बजार आज उचालिएको छ । केहि नदि यता निरन्तर घटि रहेको शेयर बजार सोमबार उचालिएको हो ।
पौडेल विगतमा अर्थमन्त्री हुदाँ शेयर बजार सम्बन्धी निति तर्जुमा राम्रो बनाउँदैं आएको र यस पटक पनि उनलाई लगानीकर्ताले पत्याएका हुन ।
सोमबार सेयर बजारमा कारोबारको शुरुवाती चरणदेखि नै सुधार देखिएको छ । यो समाचार तयार पार्दा सम्म (१२ बजे) बजार २२.५२ अंकले बढेको छ ।
कारोबार भएको १ घण्टामा झण्डै ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अहिले नेप्से १८८९.७३ विन्दुमा छ ।
आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको थियो ।
