विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि सेयर बजारमा छलाङ, चुम्ला त पुरानै उचाई ?

काठमाडौं । नयाँ बन्ने सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का पक्की भएपछि उनको सकरात्मक प्रभाव सेयर बजारमा देखिएको छ । पौडल अर्थमन्त्री बन्ने भएपछि पछिल्ला केही दिन लगातर घटेको सेयर बजारमा एककाएक उछाल आएको हो ।
निरन्तर ओरालो दिसा तिर लम्किदैं गएको सेयर बजार पौडेल अर्थमन्त्रीमा आउने कुराले लगानीकर्ता निकै उत्साहित बनेका छन् । पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थमन्त्रालय सम्हाल्छ भन्ने विषयको सीधा असर सेयर बजारमा देख्न सकिन्छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनी अर्थमन्त्री बनेका थिए । सो अवधिमा पौडेल ९ महिना अर्थमन्त्री सम्हालेका थिए। सो अवधिमा पौडेल रहदाँ लगानीकर्ताको हित लागि आवश्यक कार्य गरेका थिए । पुनः अर्थमन्त्री पौडेले बन्ने भएपछि सेयर बजार आकाशिएको लगानीकर्ताहरुको आकलन छ ।
जनार्दन शर्माले आफ्ना अर्थमन्त्री कार्यलयमा खासै पूँजी बजार सुधारका लागि काम गर्ने नसक्दा लगानीकर्ता निकै रुष्ट थिए । शर्माले अर्थमन्त्रालय छोडेको कारणले पनि सेयर बजार सुधार तिर लम्किएको आंकलन गरीएको छ ।
पौडेलेको अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ताहरु बताउछन् । पौडेल हुदाँ ३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको छ । पौडेल पुनः अर्थमन्त्रालयमा आउने कुराले आज भने सेयर बजार उचालिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २० करोड ८८ लाख माथिको कारोबार भएको हो । साथै, हिमालयन डिस्टलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी पावरको ७ करोड २६ लाख र एनआइसी एशिया बैंकको ६ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । गोर्खास फाइनान्सक, धौलागिरी लघुवित्त सहित १२ कम्पनीको शेयरमा सर्किट लागेको हो ।