सात कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल

काठमाडौं । नयाँ सरकारसँगै नयाँ अर्थमन्त्री तेही माथि विष्णु पौडेले पाउने भए पनि शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खास फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशिल लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर र घलेम्दी हाइड्रोको शेयरमा सर्किट लागेको हो ।

