नेपाली टेलिकम सहित आज यी १० कम्पनीले गुमाए

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन नै शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
शेयर बजार अकाशिए पछि नेपाल टेलिकमका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज प्रतिकित्ता ५३ रुपैयाँले घटेर ९ सय रुपैयाँमा सिमित बनेको हो ।
साथै, सिवाइसी लघुवित्तको ४.६७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको २.१३ प्रतिशत, एसबिआइ डिबेञ्चर २०८२ को २ प्रतिशत र केबिल डिबेञ्चर २०८६ को १.८२ प्रतिशतले घटेको हो ।
