नेप्सेमा तीन बैंक सहित पाँच कम्पनीको शेयर मूल्य समायोजन « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेप्सेमा तीन बैंक सहित पाँच कम्पनीको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । दुई वाणिज्य बैंकसहित मंगलबार ५ कम्पनीको शेयर मुल्य समायोजन भएको हो ।

आज सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक,राधी विद्युत कम्पनी ,लुम्बिनी विकास बैंक र विन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य संमायोजन गरेको हो ।

सिद्धार्थ बैंकको नेप्सेले १२.५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य ३०१ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३३९ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस शेयरको संमायोजन पछि नेप्सेले शेयर मूल्य २८७ रुपैयाँ ७७ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २९६ रुपैयाँ ४० पैसाको आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

नेप्सेमा लुम्बिनी विकास बैंकको नेप्सेले ३ प्रतिशत बोनस शेयरको संमायोजन पछि मूल्य ३३६ रुपैयाँ ८९ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३४७ रुपैयाँको आधारमा मूल्य संमायोजन गरेको हो ।

राधी विद्युत कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको संमायोजन पछि मूल्य २११ रुपैयाँ ९३ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २२२ रुपैयाँको आधारमा मूल्य संमायोजन गरेको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको नेप्सेले ५ प्रतिशत बोनस शेयरको संमायोजन पछि मूल्य ३६५ रुपैपयाँ ७१ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३८४ रुपैयाँ को आधारमा मूल्य संमायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्